आठराई त्रिवेणी गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुङ जिल्लाको दक्षिणपश्चिम  भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो  । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको फूलबारी, निघुरादीन,चाँगे र हाङपाङ गाउँ विकास समितिहरूलाई आठराई त्रिवेणी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल क्षेत्रफल ८८.८४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या राष्ट्रिय जनगणना २०६८ बमोजिम १३७८४ रहेको छ भने यो संख्या घटेर राष्ट्रिय जनगणना २०७८ बमोजिम १२२९६ पुगेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा पाथिभरा याङ्गवारक गाउँपालिका र पाँचथर जिल्ला पश्चिममा मैवाखोला गाउँपालिका  उत्तरमा फुङ्लिङ नगरपालिका तथा दक्षिणमा तेह्रथुम जिल्ला सम्म फैलिएको छ ।
                                                            वडा विभाजन 
	
		
			वडा नं 
			समावेश भएका साविकका गा.वि.स हरु 
			साविक वडा नं 
		
		
			१ 
			निघुरादिन 
			१-९ 
		
		
			२ 
			फूलवारी 
			१-९ 
		
		
			३ 
			हाङ्गपाङ्ग  
			१-९ 
		
		
			४ 
			चाँगे 
			५-९ 
		
		
			५ 
			चाँगे 
			१-४