सूचना
गाउँपालिकाको परिचय
आठराई त्रिवेणी गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुङ जिल्लाको दक्षिणपश्चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको फूलबारी, निघुरादीन,चाँगे र हाङपाङ गाउँ विकास समितिहरूलाई आठराई त्रिवेणी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल क्षेत्रफल ८८.८४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या राष्ट्रिय जनगणना २०६८ बमोजिम १३७८४ रहेको छ भने यो संख्या घटेर राष्ट्रिय जनगणना २०७८ बमोजिम १२२९६ पुगेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा पाथिभरा याङ्गवारक गाउँपालिका र पाँचथर जिल्ला पश्चिममा मैवाखोला गाउँपालिका उत्तरमा फुङ्लिङ नगरपालिका तथा दक्षिणमा तेह्रथुम जिल्ला सम्म फैलिएको छ ।
वडा विभाजन
वडा नं | समावेश भएका साविकका गा.वि.स हरु | साविक वडा नं |
१ | निघुरादिन | १-९ |
२ | फूलवारी | १-९ |
३ | हाङ्गपाङ्ग | १-९ |
४ | चाँगे | ५-९ |
५ | चाँगे | १-४ |